Menu

आजको मौसम

धनगढीका मेयर हमाललाई ब्रेन अट्याक, दिल्ली लगियो

Author
News Feed |
December 07, 2024
Featured

धनगढी-

गढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल अस्वस्थ भएका छन्। हिजो (शुक्रबार) रातिबाट उनी अस्वस्थ बनेका हुन्।

स्रोतका अनुसार हिजो राति उनी अचानक बिरामी भएपछि धनगढीको मायामेट्रो अस्पतालमा लगिएको थियो। तर त्यहाँ उपचार सम्भव नभएको भन्दै उनलाई भारतको दिल्लीस्थित म्याक्स हस्पिटल लैजान लागिएको बुझिएको छ। उनलाई एम्बुलेन्समार्फत दिल्ली लगिएको हो।

चिकित्सकीय स्रोतले उनलाई ब्रेन अट्याक आएको जनाएको छ भने उनी यस अगाडि पनि बेलाबखत भारतका विभिन्न सहरहरुमा उपचार गराउदै आएका थिए। उनको मष्तिकको एउटा नसामा समस्या रहेको बताइन्छ।

मेयर हमाललाई शनिबारमात्रै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले भेटेर स्वास्थ लाभको कामना गरेका थिए।

उनलाई भेट्न प्रदेश सभा सदस्य धर्मराज पाठक र एमाले कैलाली अध्यक्ष यज्ञराज ढुंगाना लगायतका नेताहरू पनि मन्त्रीसँगै अस्पताल पुगेका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन