Menu

आजको मौसम

एनपिएल:काठमान्डुले कर्णालीलाई हरायो

Author
News Feed |
December 03, 2024
Featured

काठमाडौं-

नेपाल प्रिमियर लिगमा आज काठमान्डु गुर्खाजले पहिलो जित हात पारेको छ।

सोमपाल कामीको कप्तानीमा रहको कर्णाली याक्सलाई ३ विकेटले पराजित गर्दै काठमान्डुले पहिलो जित निकालेको हो।

कर्णालीले दिएको १५० रनको लक्ष्य काठमान्डुले ३ बलअगावै ७ विकेट गुमाएर पूरा गर्‍यो।

काठमान्डुका लागि सुमित महर्जनले अविजित ४० रन बनाए। उनले ३७ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे।

यस्तै जेरार्ड एरासमसले ३८ तथा कप्तान करण केसीले २८ रन बनाए।भारतीय खेलाडी शिखर धवनले अर्धशतक बनाए पनि कर्णाली याक्सले हार टार्न सकेन। कर्णालीको यो लगातार दोस्रो हार हो।

आज नै हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र विराटनगर किंग्सबिच प्रतिस्पर्धा हुनेछ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन