Menu

आजको मौसम

रविमाथि मानव अधिकार हनन् भएको छैन : गृहमन्त्री लेखक

Author
News Feed |
December 14, 2024
Featured

नवलपु-

गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि कुनै पनि मानव अधिकार हनन् नभएको बताउनुभएको छ । नवलपुरको हुप्सेकोट गाउँपालिका–३ स्थित सरस्वती संंस्कृत तथा साधारण मावि गिरुवारीको स्वर्ण महोत्सवमा सहभागि हुन आउनु भएको गृहमन्त्रीसँग नेपाल प्रेस युनियन जिल्ला शाखाले गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री मन्त्री लेखकले यस्तो बताउनुभएको हो ।

‘‘हरेक कुरा कानुनबमोजिम, अदालतको सहमतिले, अदालतले भनेअनुसार अनुसन्धान भइरहेको छ,’’ मन्त्री लेखकले भन्नुभयो, ‘‘कसैको मानव अधिकार हनन् भएको छैन, अदालतबाट म्याद लिएको छ, जतिदिन हिरासतमा राखेर अनुसन्धान गर्न पाइन्छ भनेर कानुनले दिएको छ, त्यति नै गरिएको छ ।’’

उहाँले सरकार मानव अधिकारको रक्षाका लागि प्रतिवद्ध रहेको भन्दै हरेक मानिसको मानव अधिकारको रक्षा हुने बताउनुभयो । तर सडकमा भिड जम्मा गरेर प्रहरीको अनुसन्धानलाई प्रभावित गर्ने, न्यायीक प्रकृयालाई अवरुद्ध गर्ने, अदालत र प्रहरी कार्यालय घेर्न कोसिस गर्नेमाथि भने सरकार कठोर रहेको उहाँको भनाइ थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन