Menu

आजको मौसम

सानो पाइलालाई दिगो प्रणालीमा आधारित बनाउनु आफ्नो प्राथमिकता :अध्यक्ष कञ्चन झा

Author
News Feed |
December 07, 2024
Featured

वीरगन्ज-

सामुदायिक संस्था सानो पाइलाले आफ्नो १८औं वार्षिकोत्सव भव्य रूपमा मनाएको छ। शनिबार वीरगन्जमा आयोजित विशेष समारोहमा १८ वर्षको यात्राका उपलब्धिहरू समेटेर तयार पारिएको इम्प्याक्ट रिपोर्ट सार्वजनिक गरियो। संस्थाका स्रोत व्यवस्थापन तथा परिचालन प्रमुख रौनकराज सर्राफले प्रस्तुत गरेको प्रतिवेदनले करिब ३५ करोड रुपैयाँको योगदान र खर्चको विवरण प्रस्तुत गर्दै संस्थाको कार्यदिशा र पारदर्शितालाई उजागर गर्‍यो।

सामाजिक क्षेत्रका शुभेच्छा र अपेक्षाहरू
उद्घाटन समारोहमा प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले सानो पाइलालाई १८औं वर्ष प्रवेशको बधाई दिँदै सामाजिक सेवामा थप प्रभावकारी भूमिका निर्वाह गर्न प्रेरित गरे। सानो पाइला अब परिपक्व भइसकेको छ। नयाँ पुस्ताको नेतृत्वले समाज परिवर्तनका लागि महत्वपूर्ण योगदान दिन्छ भन्नेमा म विश्वस्त छु, उनले भने।

सखुवा(प्रसौनी गाउँपालिकाका अध्यक्ष यशवन्त यादवले सानो पाइलाका कार्यहरूलाई उच्च मूल्यांकन गर्दै युवामुखी परियोजनाका लागि सहकार्य गर्न आग्रह गरे। पटेर्वा सुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता महतोले उद्यमशीलतालाई प्राथमिकता दिएकोमा आभार प्रकट गर्दै महिला उद्यमीहरूको व्यवसाय प्रवर्द्धनमा सानो पाइलाले खेलेको भूमिकाको प्रशंसा गरिन्।

विधि र पुस्तान्तरणमा जोड

सानो पाइलाका संस्थापक अध्यक्ष कञ्चन झाले संस्थालाई दिगो प्रणालीमा आधारित बनाउनु आफ्नो प्राथमिकता रहेको बताए। उनले नेतृत्व हस्तान्तरणलाई संस्थागत संस्कृतिको रूपमा विकास गर्नुपर्नेमा जोड दिए। २३ वर्षको उमेरमा सुरु गरेको सानो पाइला आज नयाँ पुस्ताको हातबाट अझै उचाइमा पुगिरहेको देख्दा गर्व महसुस हुन्छ,उनले भने।

वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष गणेशप्रसाद लाठले सानो पाइलाका प्रारम्भिक चुनौती र संघर्षका दिनहरू सम्झँदै संस्थाको सफलताप्रति प्रशंसा व्यक्त गरे। शिक्षाविद् राजेन्द्र प्रसाद कोइरालाले सामाजिक संस्थाहरू एकीकृत भएर अघि बढेमा समाजमा छिटो सकारात्मक परिवर्तन सम्भव हुने विश्वास व्यक्त गरे।

सामाजिक योगदानको सम्मान
कार्यक्रममा सानो पाइलाका गतिविधि समेटिएको वृत्तचित्र र संस्थाको संरक्षित बालिका, अन्तर्राष्ट्रिय चेस खेलाडी सनम श्रेष्ठको वृत्तचित्र पनि प्रस्तुत गरिएको थियो। संस्थाका सभापति सुदीप लामा तामाङले अतिथिहरूलाई मायाको चिनो प्रदान गर्दै संस्थाका कार्यक्रमबारे गलत बुझाइ नगर्न र तथ्यका आधारमा मात्र टिप्पणी गर्न आग्रह गरे।

सानो पाइलाका संस्थापक सदस्यहरू अरविन्द सिंह, सुविर घोष, र दाता डोनाल्डले भिडिओ सन्देशमार्फत सानो पाइलाको कार्यप्रति समर्थन जनाउँदै भविष्यका लागि शुभकामना दिएका थिए।

कार्यक्रमको उद्घाटन सत्र पत्रकार सूर्य नारायण विक ‘शुभचिन्तक’ले सञ्चालन गरेका थिए।

सानो पाइलाले १८ वर्षको यात्रामा सामाजिक क्षेत्रलाई बलियो बनाउँदै समाज परिवर्तनमा नयाँ दृष्टिकोण प्रस्तुत गरेको छ। यो वार्षिकोत्सवले सानो पाइलाको प्रतिबद्धता र प्रभावलाई थप मजबुत बनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन