Menu

आजको मौसम

‘प्रेम सबै लाई गर, कसैलाई घृणा नगर’ भन्ने नाराका साथ नेपाल अहमदिया संघ नेपाल द्धारा आँखा शिविर , ४ सय ५२ जना लाभान्वित

Author
News Feed |
December 07, 2024
Featured

पर्साको बिन्दवासिनी गाउँपालीका वडा नम्बर ५ प्रसौनीभाठ्ठामा शनिबार आयोजित निःशुल्क आँखा शिविरबाट ४ सय ५२ जना लाभान्वित भएका छन् ।

‘प्रेम सबै लाई गर, कसैलाई घृणा नगर’ भन्ने नाराका साथ नेपाल अहमदिया संघ नेपालले केडिया आखाँ अस्पतालको प्राविधिक सहयोगमा आयोजना गरेको शिविरमा ४ सय ५२ जनाको आँखा परीक्षण गरिएको हो । तीमध्ये १ सय ५० जनामा मोतियाबिन्दुकोको समस्या भेटिएको केडिया आखाँ अस्पतालका डाक्टर अम्बिका साहले जानकारी दिए । उनिहरुको केडिया आखाँ अस्पताल परवानीपुरमा शल्यकृया गरिने अहमदीया संघका बारा– पर्सा इन्चार्ज हासिम अहमदले बताए ।

अहमदिया संघ नेपालका कोषाध्यक्ष इसराइल अहमदको अध्यक्षता तथा पुर्व प्रदेश सभा सदस्य प्रह्लाद गिरीको प्रमुख आतिथ्यतामा भएको शिविरमा वडाध्यक्ष मोहन राउत अहिर ,केडिया आखाँ अस्पतालका डा। राजकिशोर साह लगायतकाकोपनि सहभागिता थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन