Menu

आजको मौसम

उपराष्ट्रपति यादवद्वारा गढीमाईको दर्शन,मुख्य मेला आजबाट सुरु

Author
News Feed |
December 01, 2024
Featured

बारा –

उपराष्ट्रपति रामसहाय यादवले विश्व प्रसिद्ध गढीमाई मेलाको अवसर पारेर गढीमाईको दर्शन गरेका छन् । उपराष्ट्रपति यादवले सोमबार बिहान साढे १० बजे गढीमाई मन्दिरको दर्शन गरेका हुन् । त्यस अवसरमा मन्दिरमा पूजारीबाट उपराष्ट्रपति यादवले टिकाप्रसाद समेत ग्रहण गरेका छन् ।

बाराको बरियारपुर स्थित रहेको गढीमाई मन्दिरमा बिदेशी पर्यटकहरुको समेत घुइँचो लाग्ने गरेको छ । प्रत्येक पाँच पाँच गढीमाईको दर्शन गर्न भारत लगायत एसिया महादेशको विभिन्न देशबाट दर्शनार्थीहरु आउने गर्छन । उपराष्ट्रपति रामसहाय यादव आफ्नो गृह जिल्लामा रहेको गढीमाई मेलाको अवलोकन निरीक्षण समेत गरेका छन ।

यस बर्षको गढीमाई मेला मंसिर १ गते देखि सुरु भएको छ । मुख्य मेला मंसिर १७ गते आजबाट सुरु भएको छ । पशु बलिको लागि बिश्वमै प्रसिद्ध रहेको गढीमाई मेलामा मंसिर २३ गते राँगा, मंसिर २४ गते खसी र बोकाको बलि दिइने कार्यक्रम रहेको मेला मूल ब्यवस्थापन समितिका अध्यन एवं महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र प्रसाद यादवले बताए ।

विश्व प्रसिद्ध गढीमाई मेला सुरु भए संगै नेपालका उपराष्ट्रपति लगायत राजनीतिक दलका शीर्ष नेता र मन्त्रीहरुले मेलाको अवलोकन गर्नु नै मेलाको ठूलो सफलता रहेको बताए । गढीमाई मेलाको केन्द्र देखि लिएर प्रदेशका मन्त्रीहरुले अवलोकन गरिसकेका छन् । अझै अवलोकन तथा निरिक्षण गर्ने क्रम जारी नै रहेको मेला मूल ब्यवस्थापन समितिले जनाएको छ।

गढीमाई मन्दिर दर्शन गर्न आएका उपराष्ट्रपति रामसहाय यादवलाई महागढीमाई नगरपालिकाका नगरप्रमुख लगाएत मेला मुल ब्यवस्थापन समितिले भब्य स्वागत गरेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन