Menu

आजको मौसम

जनकपुरधाममा माछा, मासु र मदिरा विक्री वितरणमा प्रतिबन्ध

Author
News Feed |
December 03, 2024
Featured

जनकपुर-

सीताराम विवाहपञ्चमीको मुख्य तीन दिन जनकपुरधाममा मदिरा बिक्री वितरण तथा पशुपक्षी काट्न, माछा/मासु बिक्री वितरण गर्न प्रशासनले प्रतिबन्ध लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाले सूचना जारी गर्दै मंसिर १९ गते राति १२ बजेदेखि मंसिर २२ गते राति १२ बजेसम्म जनकपुरधाममा मदिरा बिक्री वितरण तथा पशुपक्षी काट्न, माछा/मासु बिक्री वितरणमा प्रतिबन्ध लगाएको हो ।

जनकपुरधाम उपमहानगरपालिकाको परिक्रमा क्षेत्रभित्र र परिक्रमा सडकको दायाँबायाँ मदिरा बिक्री वितरण, पशुपक्षी मारकाट, माछा मासु बिक्री वितरण, उत्पादन लगायत अन्य नसालु पदार्थको सेवन गर्न पूर्ण रूपमा निषेध गरिएको प्रमुख जिल्ला अधिकारी रामु राज कडरीयाद्वारा जारी सूचनामा उल्लेख छ ।

तोकिएको निषेधित क्षेत्रमा माछा मासु मदिरा खरिद बिक्री तथा सेवन गरेको पाइएमा प्रचलित कानून बमोजिम आवश्यक कारबाही गर्ने चेतावनी समेत दिइएको छ ।

त्रेतायुगमा भगवान श्रीराम र माता सीताबीच मंसिर शुक्ल पञ्चमीको तिथिमा विवाह भएको थियो । त्यसकै सम्झनामा मिथिलाको सांस्कृतिक, धार्मिक र पौराणिक पर्वको रूपमा जनकपुरधाममा सीताराम विवाह पञ्चमी मनाइन्छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन