Menu

आजको मौसम

नासाको आगामी मिसनका लागि मिलेनियम स्पेस सिस्टम्सद्वारा २ वटा अन्तरिक्षयानको उत्पादन पूरा

Author
News Feed |
November 13, 2024
Featured

काठमाडौं –

मिलेनियम स्पेस सिस्टम्सले नासाको एउटा साइन्स मिशनको लागि दुई वटा अन्तरिक्षयानको उत्पादन पूरा गरेको छ जसले अन्तरिक्ष मौसम घटनाहरूको जटिलता बुझ्नमा केन्द्रित छ। कम्पनीले नोभेम्बर १२ मा यसको घोषणा गरेको हो।

यो मिशनलाई ट्रेसर्स भनिन्छ, जसको पूरा नाम Tandem Reconnection and Cusp Electrodynamics Reconnaissance Satellites हो। यसको उद्देश्य सूर्यबाट आउने चार्ज भएको कणहरूको आँधी पृथ्वीको चुम्बकीय क्षेत्रसँग भेट हुँदा के कस्ता प्रक्रिया हुन्छन् भन्ने कुरा बुझ्नु हो। यो अन्तरक्रियाले सुन्दर अरोरादेखि लिएर स्याटलाइट र पावर ग्रिडमा हानिकारक प्रभावसम्म पार्न सक्ने स्पेसन्युजले उल्लेख गरेको छ।

क्यालिफोर्नियाको एल सेगुण्डोमा आधारित बोइङको सहायक कम्पनी मिलेनियम स्पेस सिस्टम्सले सन् २०१९ मा दुई वटा समान अन्तरिक्षयान विकास र एकीकृत गर्ने ठेक्का प्राप्त गरेको थियो।

यी दुई स्याटलाइटहरूले पृथ्वीको ध्रुवीय क्षेत्रको नजिक रहेको विशेष क्षेत्रमा प्रवेश गरेर डाटा संकलन गर्नेछन्, जहाँ पृथ्वीको चुम्बकीय क्षेत्र तलतिर झुक्छ।

मिलेनियम स्पेस सिस्टम्सको ट्रेसर्स कार्यक्रम व्यवस्थापक रिचर्ड प्रसादले भने अनुसार अबको अर्को चरण भनेको अन्तरिक्षमा पुगेपछि चुम्बकीय र विद्युतीय क्षेत्र, प्लाज्मा कणहरू र तरंगहरूको अध्ययन गर्ने उपकरणहरूलाई स्याटलाइटमा एकीकृत गर्ने हुनेछ।

एकीकृत प्रक्रियापछि, वातावरणीय परीक्षण गरिनेछ र त्यसपछि अन्तरिक्षयानलाई भ्याण्डेनबर्ग स्पेस फोर्स बेसमा पठाइनेछ। यो मिशनलाई स्पेसएक्स फाल्कन ९ रकेटद्वारा २०२५ मा सूर्य-समकालिक कक्षमा प्रक्षेपण गर्ने योजना छ।

मिलेनियम स्पेस सिस्टम्सले स्याटलाइटहरूको ग्राउन्ड अपरेशन पनि व्यवस्थापन गर्नेछ। यस अनुसन्धानले अन्तरिक्ष मौसमको भविष्यवाणी गर्ने क्षमतामा सुधार गर्नेछ, जसले पृथ्वीमा रहेका स्याटलाइट र पूर्वाधारलाई महत्वपूर्ण प्रभाव पार्न सक्ने प्रसादले बताएका छन्।

करिब १६५ मिलियन डलर पर्ने यो ट्रेसर्स मिशनलाई युनिभर्सिटी अफ आयोवा ले नेतृत्व गरेको हो भने यसलाई साउथवेस्ट रिसर्च इन्स्टिच्युट, सान एन्टोनियो टेक्ससले यसलाई व्यवस्थापन गरेको छ। नासाको गोड्डार्ड स्पेस फ्लाइट सेन्टरमा रहेको हेलियोपिजिक्स एक्सप्लोरर्स प्रोग्राम अफिसले मिशनको निरीक्षण गर्नेछ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन