Menu

आजको मौसम

उपनिर्वाचनमा कसैप्रति आग्रह/पूर्वाग्रहको अवस्था बन्न दिनु हुँदैनः महामन्त्री शर्मा

Author
News Feed |
November 15, 2024
Featured

काठमाडौ –
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनमा कसैप्रति आग्रह/पूर्वाग्रहको अवस्था बन्न दिनु नहुने बताउनुभएको छ ।

शुक्रवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले उपनिर्वाचन घोषणा भएका स्थानीय तहका कार्यकारी प्रमुखहरुलाई अब चलाउन नहुने बताउनु भयो । उहाँले दैलेखको महाबु गाउँपालिकामा उपनिर्वाचन भइरहेको र त्यहाँका कार्यकारी प्रमुखलाई चलाइएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले सबै राजनीतिक दलहरुले उपनिर्वाचनमा जाँदै गर्दा आपसमा संयम र स्वस्थ वातावरणको अनुभुति गर्ने अवस्था बनाउन गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘उपनिर्वाचन घोषणा भएको छ र उहाँको मन्त्रालयले उपनिर्वाचन हुने तहमै कार्यकारी प्रमुखहरु कतिपय ठाउँमा चलाएको छ । दैलेखको महाबु गाउँपालिकामा उपनिर्वाचन हुँदैछ, कार्यकारी प्रमुख चलाइएको छ ।

सरकारमा रहेको दलहरु, सरकार बाहिर रहेका कुनैपनि दलहरुले निर्वाचनमा जाँदै गर्दा आपसमा संयम र स्वस्थ वातावरणको अनुभुति गर्ने अवस्था बन्नुपर्छ । माननीय गृहमन्त्रीज्युको ध्यानाकर्षण गराउन चाहन्छु । निर्वाचनमा जाँदै गर्दा कसैप्रति आग्रह, पूर्वाग्रहको अवस्था बन्न नदिन गम्भीर बन्नुपर्छ ।’

महामन्त्री शर्माले अख्तियार दुरुपयोग अनुसन्धान ऐन, २०७६ लाई अबको संसदबाट पनि टुंगिने वा नटुंगिने भन्ने अलमल हटाउनुपर्ने बताउनु भयो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन