Menu

आजको मौसम

नेपाल संवत नेपालको राष्ट्रिय र मौलिक संवत होः राष्ट्रपति पौडेल

Author
News Feed |
November 19, 2024
Featured

काठमाडौ – 

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल संवत नेपालको राष्ट्रिय र मौलिक संवत भएको बताउनुभएको छ ।

मंगलावार शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरेको रजत वर्षको अवसरमा आयोजित शंखधर दिवस कार्यक्रमा बोल्दै राष्ट्रपति पौडेलले यस्तो बताउनुभएको हो ।

उहाँले ऐतिहासिक कालदेखि नेपाली जनताको धार्मिक सांस्कृतिक र सामाजिक जीवनसँग सामिप्य रहँदै आएको नेपाल संवत नेपालको राष्ट्रिय र मौलिक संवत भएको बताउनु भयो । उहाँले आफ्नै नामबाट स्थापित विश्वको एउटै मात्र संवत नेपाल संवत भएकाले सम्पूर्ण नेपाली जनताको गौरवमय राष्ट्रिय सम्पदा भएको बताउनु भयो ।

राष्ट्रपति पौडेलले बहुभाषिक,बहुसांस्कृतिक र बुहजातिय मुलुक नेपालको संस्कृती विविधतालाई एकताको सूत्रमा बाँध्न नेपाल संवतको भुमिका महत्वपूर्ण रहेको बताउनु भयो ।

उहाँले मुलुकको पहिचान र राष्ट्रिय जनजीवनसँग लामो समय सामिप्य रहँदै आएको नेपाल संवतको आरम्भ गर्ने शंखधर साख्वाः लोक कल्याण एवं परोपकारी भावनाका शिखर पुरुष भएको बताउनु भयो । उहाँले नेपाल संवतको ऐतिहासिक सम्बन्धित कर्मगाथा आफैँमा गरिमामय रहेको उल्लेख गर्नुभयो ।

उहाँले लिञ्छविकालिन राजा बलदेवको समयमा ऋणमा डुबी आर्थिक संकटको सामना गरिरहेका तत्कालिन गरिब, किसान मजदुर जनतालाई शंखधर साख्वाःले आफ्नै सम्पतिबाट ऋणबाट ऋण मुक्त गरी नयाँ नेपाल स्थापना गरी नेपाल संवत स्थापना गरेको उपलक्ष्यमा सम्वतको प्रारम्भ भएको बताउनु भयो ।

उहाँले शंखधर साख्वाःले स्थापना गर्नुभएको लोक कल्याणकारी कार्य तत्कालिन समाजको लागि क्रान्तिकारी कदम भएको उल्लेख गर्नुभयो । उहाँले शंखधरकोे यो कदम आजका दिन पनि सबैका लागि पे्ररणादायी रहेको बताउनु भयो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन