Menu

आजको मौसम

रेखाकुमारी मण्डलको हत्यामा संलग्न रहेको आशंकामा तीन जना पक्राउ

Author
News Feed |
November 29, 2024
Featured

धनुषा-

रेखाकुमारी मण्डलको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

शुक्रवार धनुषा प्रहरीले जिल्ला धनुषा जनकनन्दिनी गाउँपालिका वडा नं. ३ बस्ने वर्ष २२ को राम ललित खत्वे मण्डल, सोही ठाउँका खजुरी बस्ने वर्ष २० को ज्ञानेन्द्र दास र ऐ. शहीदनगर नगरपालिका वडा नं.८ नाथपट्टी बस्ने वर्ष २४ को रमेशकुमार मण्डललाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

मंसिर ८ गते जिल्ला धनुषा जनकनन्दिनी गाउँपालिका वडा नं.४ खजुरी र ऐ. कमला नगरपालिका वडा नं.२ सरावेको बीच सीमानामा रहेको आमा खोलामा नामथर वतन नखुलेको महिलाको मृतक शव प्लाष्टिकको बोराभित्र रहेको वेवारीसे अवस्थामा फेला परेको थियो । उक्त बोरा खोली हेर्दा मृतक शवको अनुहारको बायाँतर्फ गालामा चोट लागेको, घाँटी काटीएको अवस्थामा रहेकोमा उक्त शवको प्रारम्भिक अनुसन्धान लासजाँच मुचुल्का गरी पो.मा.को लागि प्रादेशिक अस्पताल जनकपुरधाम धनुषा पठाइएको धनुषा प्रहरीका प्रहरी उपरीक्षक भूवनेश्वर तिवारीले बताउनु भयो । मृतक महिलाको घर जिल्ला धनुषा जनकनन्दिनी गाउँपालिका वडा नं.५ उधा टोलमा रहेको बताउनु भयो ।

मृतकलाई घटनास्थलमा ल्याउन ज्ञानेन्द्र दास र रमेशकुमार मण्डलले सहयोग गरेको र राम ललित मण्डल खत्वेले ढुंगाले अनुहारमा प्रहार गरी मुर्छित बनाई दाह्री काट्ने छुरा ब्लेडले घाँटी रेटी हत्या गरेर फरार भएकोमा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको बताउनु भयो ।

मृतक रेखाकुमारी मण्डलको विवाह गर्ने, सँगै बस्ने सम्बन्धमा विवाद हुँदा घटना भएको देखिएको बताउनु भयो । मृतक रेखाकुमारी मण्डलको करिव ५-६ वर्ष अगाडीदेखि रामललित मण्डल खत्वेसँग प्रेम सम्बन्ध रहेको खुलेको जानकारी दिनुभयो ।

रेखाकुमारी मण्डलको घर परिवारको मानिसहरूले उक्त सम्बन्ध स्वीकार नगरेको हुँदा रेखाकुमारी मण्डल आफ्नो घरबाट भागी रामललित मण्डल खत्वेसँग विवाह गर्न दबाब दिएको, रामललित खत्वे मण्डलले नेपाली सेनामा फर्म भरेको हुँदा जागिर खाई सकेपश्चात मात्र विवाह गर्ने भनेकोमा सोही विषयमा विवाद हुँदा घटना भएको जानकारी पाएको बताउनु भयो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन