Menu

आजको मौसम

मधेश प्रदेशको सात स्थानमा स्थानीय तह उपनिर्वाचन : १११ जनाले दिए उम्मेदवारी

Author
News Feed |
November 17, 2024
Featured

यही मंसिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचन अन्तर्गत मधेश प्रदेशमा १११ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

मधेश प्रदेशको सप्तरी, धनुषा, महोत्तरी र रौतहट गरी सात स्थान अन्तर्गत सप्तरीको डाक्नेश्वरी नगरपालिकाको विभिन्न वडामा हुने निर्वाचनमा २५, धनुषाको धनुषाधाम नगरपालिकाको वडाका लागि २१, महोत्तरीको रामगोपालपुर नगरपालिकाको वडा निर्वाचनका लागि २०, रौतहटको विभिन्न पालिकाको वडामा हुने निर्वाचनमा ४५ जना गरी कुल १११ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ र सोही पालिकाको वडा नम्बर ४ हुने निर्वाचनका लागि १७ जनाले मनोनयन दर्ता गराएका छन् । वडा नं १ मा एक स्वतन्त्रसहित ९ जना र वडा नं. ४ मा ८ जनाले उम्मेदवारी दर्ता गराएको सहायक निर्वाचन अधिकृत गंगाकुमार मिश्रले जानकारी दिए ।

त्यसैगरि धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर १ मा हुने निर्वाचनमा २१ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । धनुषाधाममा १२ वटा राजनीतिक दलले उम्मेदवारी दिएका छन् भने ९ जनाले स्वतन्त्र रुपमा उम्मेवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसबाट अशोक कुमार मण्डल, नेकपा एमालेबाट प्रमोद यादव, नेकपा माओवादी केन्द्रबाट सुनिल कापर केवट, जसपा नेपालबाट अजय कुमार यादव, जसपा अशोक राई समूहबाट अरुण सादा, जनमत पार्टीबाट कुशेश्वर मण्डल, नेकपा एकीकृत समाजवादीबाट गोपाल साह सुडी, बहुजन एकता पार्टी नेपालबाट प्रमिला कुमारी सदा, राप्रपा नेपालबाट फौदार सादा मुसहर, रास्वपाबाट रामनरेश दास, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रामदेव सिंह दनुवार र राजपा नेपालबाट लक्ष्मीनियाँ देवीले उम्मेदवारी दिएकी छन् । स्वतन्त्र उम्मेदवारी दिनेहरुमा दिलीप कुमार ठाकुर बरही, नरेश सादा, हुकुम सिंह, संजय कुमार यादव, संजीत कुमार यादव, रवि कुमार मण्डल, विनोद कुमार यादव, विनोद मण्डल र विशेश्वर मण्डल रहेका छन् ।

त्यस्तै महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ मा हुन लागेको निर्वाचनमा २० जनाले उम्मेदवारी दिएका छन् । सो वडामा ८ वटा राजनीतिक दलबाट उम्मेदवारी दिएका छन् भने १२ जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । नेकपा माओवादी केन्द्रबाट आइतीकुमारी यादव, नेपाली कांग्रेसबाट मोहम्मद जनिफ खाँ, रास्वपाबाट सुरमैद खाँ, एमालेबाट सकिवुल खाँ, राप्रपाबाट मो. मनान खाँ, जसपा नेपालबाट मो. नजामुद्दिन खान, राजपा नेपालबाट राजेश कुमार यादवले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै रौतहटको विभिन्न पालिकाको वडामा हुने निर्वाचनमा ४५ जनाले उम्मेदवारी दिएका छन् ।

जिल्लाको राजपुर नगरपालिका वडा नम्बर ६ मा १४, इशनाथ नगरपालिका वडा नम्बर ७ मा १५ र गढीमाई नगरपालिका वडा नम्बर ८ को वडाअध्यक्षका लागि १६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । गढीमाई नगरपालिका वडा नम्बर ८ नेकपा एमालेको तर्फबाट जीउती देवी यादव, नेकपा एसबाट बजरंगी प्रसाद यादव, नेपाली कांग्रेसबाट सुवोध कुमार यादव, जसपा नेपालबाट संदेश प्रसाद यादव, राष्ट्रिय मातृभूमि पार्टीबाट साहेवलाल राउत, जनमत पार्टीबाट सुरेश राउत कुर्मीले दर्ता गराएको वडा निर्वाचन अधिकृतसमेत रहेका न्यायाधिवक्ता मुम्मद मुन्नाले जानकारी दिए ।

त्यस्तै इशनाथ नगरपालिका वडा नम्बर ७ मा कांग्रेसबाट शेख अब्दुल खालिक, नेकपा माओवादी केन्द्रबाट शेख अमिरुल, जनमत पार्टीबाट शेख जमिरुल हक, जसपा नेपालबाट शेख अब्दुर अहद, नेकपा एमालेबाट शेख अनवार, राप्रपाका मदन साह, नेकपा एसबाट सदरे आलमले दर्ता गराएका छन् । त्यस्तै राजपुर नगरपालिका वडा नम्बर ६ मा जनमत पार्टीका क्यामुदिन धुनिया, नेकपा माओवादी केन्द्रबाट जिकरुलाह, नेकपा एमालेबाट मो. नसिम अख्तर, नेपाली कांग्रेसबाट समसे आलम, राप्रपाबाट रामनारायण प्रसाद जयसवाललगायतले उम्मेदवारी दर्ता गराएका छन् ।

सोमबार बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने र सोही दिन दिउँसो ३ बजेपछि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मंसिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने प्रदेश निर्वाचनको कार्यालय मधेश प्रदेशले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन