Menu

आजको मौसम

उपचुनावमा सेना परिचालन गर्न राष्ट्रपतिकाे स्वीकृति

Author
News Feed |
November 24, 2024
Featured

काठमाडौ –

राष्ट्रपति रामचन्द्र पौडेलले यही मङ्सिर १६ गते हुने उपचुनावमा सेना परिचालन गर्न स्वीकृति प्रदान गर्नुभएको छ ।

उपचुनावलाई सुरक्षित, भयरहित, निष्पक्ष एवम् शान्तिपूर्ण रूपमा सम्पन्न गर्न मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति पौडेलले सेना परिचालनका लागि स्वीकृति दिनुभएको हो । विभिन्न तहका ४१ वटा पदका लागि आउँदो १६ गते बिहान ७ बजेदेखि मतदान हुँदैछ ।

यसैबीच मङ्सिर १६ गते हुने उपचुनावका लागि मतदानस्थलका रूपमा कायम भएका संस्थामा १३ गतेदेखि नै बिदा दिने व्यवस्था मिलाउन निर्वाचन आयोगले आग्रह गरेको छ । मतदानस्थलका रूपमा कायम भएका सामुदायिक विद्यालय, निजी विद्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, औद्योगिक प्रतिष्ठान वा अन्य सार्वजनिक स्थलहरूमा १३ गतेदेखि १६ गते मतदान सम्पन्न नभएसम्मका लागि बिदा मिलाउन सङ्घीय सरकारमार्फत निर्देशन दिन आयोगले भनेको हो ।

यस्तै मतदान हुने दिन पालिकाको प्रमुख वा उपप्रमुख वा अध्यक्ष वा उपाध्यक्ष पदका लागि उपचुनाव हुने पालिकामा सम्बन्धित पालिकाभर र वडाध्यक्षको उपचुनाव हुने पालिकामा वडाको क्षेत्रभित्र सम्बन्धित पालिकाअन्तर्गतका कार्यालयहरूमा सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन आयोगले सङ्घीय सरकारमार्फत पालिकालाई निर्देशन दिन आग्रह गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन