Menu

आजको मौसम

प्रदेशका खेलाडीहरुलाई मधेस प्रदेश सरकार द्धारा १ लाख ५१ हजार पुरस्कार दिइने, मन्त्री जयसवाल

Author
News Feed |
November 14, 2024
Featured

पर्सा –

मधेस प्रदेश सरकारले आइसिसी महिला यू-१९ विश्वकप २०२५ मा छनोट भएको नेपाली यू-१९ टोलीका आफनो प्रदेश बाट खेलेका खेलाडीहरु लाई जनही १ लाख ५१ हजार पुरस्कार दिइने भएको छ।

मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले नेपाली टोलीलाई बधाइ दिँदै आफनो प्रदेशका  खेलाडीहरुलाई पुरस्कार दिने घोषणा गरेका हुन। उनले आफनो अधिकारिक समाजिक संजाल फेसबुकमार्फत स्ट्याटस लेखि  यसको जनाकारी गराएका हुन ।

उनले “उत्कृष्ट प्रदर्शन गर्दै पहिलो पटक विश्वकपमा हाम्रो स्थान सुरक्षित गराउन सफल यू–१९ महिला क्रिकेट टिममा रहेका मधेस प्रदेशका खेलाडीहरुलाई मधेस प्रदेश सरकार, खेलकुद तथा समाज कल्याण मन्त्रालयबाट जनही १ लाख ५१ हजार पुरस्कार सहित सम्मान गर्ने घोषणा गर्दछौ”। साथै खेलाडीका आमा- बुवालाई पनि सम्मान गर्नेछौ। प्रमोद जयसवाल, मन्त्री-खेलकुद तथा समाज कल्याण मन्त्रालय “बेटी जिन्दाबाद लेख्दै”सार्वजनिक गरे ।

 

यसअघि बुधबार युएईमा सकिएको एसिया छनोटमा घरेलु टोलीलाई पछि पार्दै नेपाली टोली विश्वकपमा पुगेको थियो।

नेपालले आगामी जनावरी(फेब्रुअरीमा मलेसियामा हुने विश्वकपमा समूह ‘डी’ मा प्रतिस्पर्धा गर्नेछ। समूहमा नेपालसँगै अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड छन्। विश्वकपमा चार समूहका १६ टोली समूह चरणमा भिड्नेछन्। समूहका शीर्ष दुई टोली अन्तिम आठमा पुग्नेछन्।

विश्वकपमा छनोट भएसँगै नेपाली यू-१९ टोलीले एसिया कप समेत खेल्ने भएको छ। विश्वकपअघि हुने एसिया कप मलेसियामै हुनेछ। मलेसियामा यू-१९ एसिया कप १५ देखि २२ डिसेम्बरसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको समूह ‘बी’ मा नेपालले भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने खेल तालिका समेत पक्का भइसकेको छ।

यू-१९ महिला एसिया कप एसिसीले पहिलो पटक सञ्चालन गर्न लागेको हो। प्रतियोगितामा समूह ‘बी’ मा नेपाल, भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्दा समूह ‘ए’ मा श्रीलंका, मलेसिया र बंगलादेशले भिड्नेछन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन