Menu

आजको मौसम

लाइभ प्रस्तुति दिन नेपाल आउँदै भारतीय कमेडियन सुनील ग्रोवर

Author
News Feed |
November 12, 2024
Featured

काठमाडौं –

भारतीय कमेडियन सुनील ग्रोवर चर्चित भारतीय कमेडियन तथा अभिनेता सुनील ग्रोवर नेपाल आउने भएका छन्।

उनी लाइभ प्रस्तुति दिन काठमाडौँ आउन‍े भएका हुन्।‘सुनील ग्रोवर लाइभ इन नेपाल’ कार्यक्रम नोभेम्बर २९ अर्थात् मंसिर १४ गते होटल एभरेस्टमा हुनेछ।लिक्विट इन्टिलिजेन्सले यो कार्यक्रम आयोजना गर्न लागेको हो।भारतीय चर्चित कमेडी शो ‘द कपिल शर्मा शो’बाट सुनीलले चर्चा पाएका थिए।

उनले थुप्रै फिल्ममा समेत काम गरिसकेका छन्।ग्रोवर यसअघि सन् २०१८ मा पनि नेपाल आएका थिए। त्यसबेला एक कार्यक्रममा कमेडी प्रस्तुति दिएका थिए।यतिखेर ग्रोवर ६ वर्षपछि कपिल शर्माको शोमा फर्किएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन