Menu

आजको मौसम

सरकारद्वारा २४ जिल्लाका ३ हजार १९१ विद्यार्थीलाई विद्युतीय चुल्हो वितरण गर्दै

Author
News Feed |
November 17, 2024
Featured

काठमाडौँ –

सरकारले दुर्गम क्षेत्रबाट काठमाडौं उपत्यकामा डेरा गरी बस्ने विद्यार्थीलाई विद्युतीय चुल्हो वितरण शुरु गरेको छ ।

आईतवार वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले काठमाडौंमा एक कार्यक्रम गरी ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रीको उपस्थितिमा दुर्गम जिल्लाबाट काटमाडौं उपत्यकाका विभिन्न क्याम्पसहरुमा स्नातक वा शो भन्दा माथिल्लो तहमा अध्ययनरत विद्यार्थीलाई विद्युतीय चुलो वितरण शुरुवात गरेको हो ।

सरकारले विद्युतीय चुलो प्रवद्र्धन गर्ने उद्देश्यले काठमाडौं उपत्यका भन्दा बाहिरी जिल्लाबाट उपत्यकामा बसोवास गरी स्नातक भन्दा माथिल्लो तहमा अध्ययनरत विद्यार्थीहरुलाई विद्युतीय चुल्हो वितरण अभियानको थालनी गरेको छ । विद्युतीय चुल्हो वितरण कार्यक्रमको शुरुवात गर्दै ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सरकारले आगामी दश वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको बताउनु भयो ।

उहाँले बाहिर जिल्लाबाट आएर काठमाडौंमा सिमित खर्चमा बस्नुपर्ने र समयको अभाव हुने भएकाले दूरदराजबाट आएका विद्यार्थीहरुलाई विद्युतीय चुलो वितरण गर्न लागिएको बताउनु भयो । उहाँले सरकारको विद्युत मुलुकभित्र खपत गराउने र विद्युतीय चुलो प्रवद्र्धन गर्ने लक्ष्य रहेको र विद्यार्थीहरुलाई पनि महँगो ग्यास बोकेर पसल–पसलमा भौँतिरिनु नपर्ने अवस्थाको सिर्जना गर्न विद्युतीय चुल्हो वितरण गरिएको बताउनु भयो । उहाँले वातावरणलाई पनि खालमा राखेर पेरिस सम्झौता गरेको बताउनु भयो । उहाँले विद्यार्थीहरुलाई विद्युतीय चुल्हो वितरण अभियानलाई निरन्तरता दिन केन्द्रलाई निर्देशन समेत दिनुभयो ।

सरकारले मंसिर २ गतेदेखि १२ गतेसम्म विद्यार्थीलाई विद्युतीय चुल्हो वितरण अभियान सञ्चालन गरेको छ । दश दिनसम्म सञ्चालन हुने विद्युतीय चुल्हो वितरण अभियान अन्तर्गत दुर्गम र अति दुर्गम क्षेत्रका २४ जिल्लाका ३ हजार १९१ विद्यार्थीहरुलाई विद्युतीय चुल्हो वितरण गर्ने सरकारको लक्ष्य रहेको छ ।

सरकारले विद्यार्थीलाई विद्युतीय चुल्होको प्रवद्र्धनको माध्यमबाट एल.पी ग्यासको बढ्दो मूल्यको समस्यामा राहत महशुस गराउने र विद्युतीय चुल्हो प्रवद्र्धनलाई थप बिस्तार गर्ने योजना रहेको जनाएको छ । सरकारले विगतमा दुई चरणमा गरी ४ हजार २१५ जना विद्यार्थीलाई विद्युतीय चुल्हो वितरण गरिसकेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन