Menu

आजको मौसम

रौतहट जिल्लाका ३ वटा वडाहरूमा सवारी साधनसँगै स्थानीय बाहेकलाई आवत जावतमा रोक

Author
News Feed |
November 30, 2024
Featured

रौतहट-

जिल्ला प्रशासन कार्यालय रौतहटले उपनिर्वाचन हुने जिल्लाका ३ वटा वडाहरूमा सवारी साधनसँगै स्थानीय बाहेकलाई आवत जावतमा रोक लगाएको छ। उपनिर्वाचनको पूर्व सन्ध्यामा आज जिल्ला प्रशासन कार्यालय रौतहटले एक सूचना जारी गर्दै ती वडामा रोक लगाएको हो।

स्थानीय तह उपनिर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन आज साँझ ७ बजेदेखि भोली बेलुकी ५ बजे मतदान नसकेसम्म अत्यावश्यक र अनुमति लिएका बाहेक सबै सवारी साधनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ।

जिल्ला प्रशासनले निर्वाचन हुने राजापुर नगरपालिका ६, ईशनाथ नगरपालिका ७ र गढीमाई नगरपालिका ८ भित्र बसोबास गर्ने बाहेक अन्य मानिसहरूलाई आवतजावतमा रोक लगाएको छ। साथै सूचनामा उपनिर्वाचन हुने वडा प्रवेशका सबै नाका, सडकहरूमा कडा चेकिङ र खानतलासी हुने भएको हुँदा सहयोग गर्न सबैलाई आग्रह गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय रौतहटले जारी गरेको सूचना

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन