Menu

आजको मौसम

निकिता मिश्राको उत्कृष्टता :असोज महिनाको उत्कृष्ट प्रहरी सम्मान

Author
News Desk |
November 10, 2024
Featured

पर्सा-

जिल्ला प्रहरी कार्यालय धनुषा अन्तर्गत शान्ति सुरक्षा तथा प्रहरी कार्य शाखामा कार्यरत प्रहरी निरीक्षक निकिता कुमारी मिश्रालाई असोज महिनाको ‘महिनाको उत्कृष्ट प्रहरी’ (Police of the Month)  सम्मान प्रदान गरिएको छ।

प्रहरी निरीक्षक मिश्राले महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा शाखा प्रमुखको जिम्मेवारी सम्हाल्दै घरेलु हिंसा र लैङ्गिक हिंसासम्बन्धी ३६ वटा उजुरीको सफल अनुसन्धान गरी पीडितलाई न्याय दिलाउन महत्वपूर्ण भूमिका निभाएकी छन्।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विभिन्न संघसंस्थाहरूसँग समन्वय गरेर प्रभात फेरी, जनकपुर नगर सरसफाइ, जेष्ठ नागरिक दिवस, मानव बेचबिखनविरुद्ध कार्यक्रम, लगायतका विविध सचेतनामूलक कार्यक्रमहरूको आयोजनामा प्रहरी निरीक्षक मिश्राको सक्रियता रहेको छ। यसले जनमानसमा सचेतना अभिवृद्धि गर्न थप योगदान पुर्‍याएको छ।

मिश्राले असोज महिनामा भन्सार चोरी निकासी नियन्त्रणमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेकी छन्। उनले अवैध रूपमा चोरी निकासी भएका मालसामानहरू नियन्त्रणमा लिँदै, झन्डै २९ लाख २९ हजार ६ सय २० रुपैयाँ बराबरको मालसामान बरामद गरी राजस्व वृद्धिमा योगदान पुर्‍याएकी छन्।

उनी अपराध अनुसन्धान र जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्दै अनुशासन र उच्च मनोबलका साथ कार्यरत रहेकाले धनुषा प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले आज प्रशंसा पत्रसहित उनलाई सम्मान गरेका छन्।

प्रहरी निरीक्षक निकिता कुमारी मिश्राले गरेको यस योगदान र उच्च मूल्याङ्कनयोग्य कार्यको कदर गर्दै उनलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित गरिएको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन