Menu

आजको मौसम

नेपाल प्रिमियर लिगको विजेताले एक करोड ११ लाख रूपैयाँ पुरस्कार पाउने

Author
News Feed |
November 30, 2024
Featured

काठमाडौं –

नेपाल प्रिमियर लिग (एनपीएल)को विजेताले एक करोड ११ लाख रूपैयाँ पुरस्कार प्राप्त गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार एनपिएलको उद्घाटनको क्रममा नेपाल क्रिकेट संघ (क्यान) ले विजेताको पुरस्कार एक करोड ११ लाख पाउने घोषणा गरेको हो ।

यस्तै, प्रतियोगिताको उपविजेतालाई ५० लाख रुपैयाँ पाउने छ भने तेस्रोलाई ३० लाख र चौथो हुने टीमलाई २० लाख रूपैयाँ प्रदान गरिने क्यानले जनाएको छ । यो नेपाली खेलकुद इतिहासमै अहिलेसम्मको ठूलो पुरस्कार हो । कीर्तिपुस्थित त्रिवि मैदानमा शनिबारदेखि सुरु भएको एनपिएलमा आठ टोलीबीच प्रतिस्पर्धा हुँदैछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन