Menu

आजको मौसम

गढीमाई मेलामा ‘ड्रोन’ उडाउन रोक,सुचनाको अवज्ञा गर्नेलाई कारबाही गरिने

Author
News Feed |
November 22, 2024
Featured

बीरगन्ज-

बाराको गढीमाई मेलामा ड्रोन उडाउन निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाराले शुक्रबार एक सूचना जारी यस्तो बताएको हो ।

प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले कुनै व्यक्ति तथा संघ संस्थाहरुलाई प्रशासनको अनुमतिबेगर गढीमाई मेलामा ड्रोन उडान रोक लगाएका हुन् ।

उनले सूचनामार्फत भनेका छन्, ‘ड्रोन जडित मानवरहित हवाई उपकरण उडान सम्बन्धी कार्यविधि, २०७५ बमोजिम कुनै व्यक्ति वा संस्थाले ड्रोन क्यामरा उडान गर्ने भएमा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिई ड्रोन क्यामेरा उडान गर्ने सक्ने प्रावधान रहेको छ ।

बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित गढीमाई मन्दिरमा मंसिर १ गतेदेखि एक महिनाका लागि सुरु भएको पञ्चवर्षिय मेलालाई लक्षित गरी कुनै व्यक्ति, संघ संस्थाले यस कार्यालयको अनुमति बेगर ड्रोन क्यामरा उडान गर्न पाइने छैन ।’

यो सूचनाको विपरित गइ कसैले त्यस्तो कार्य गरेमारगराएमा ड्रोन जफत गरी ड्रोन धनीलाई प्रचलित कानुन बमोजिम कारबाही गर्ने चेतावनीसमेत दिइएको छ ।

‘यदि यस सूचनाको अवज्ञा गरी कोही कसैले ड्रोन क्यामरा उडान गरेको देखिएरपाइए ड्रोन क्यामरा जफत गर्ने तथा ड्रोन धनी र उडानमा संलग्न व्यक्तिलाई प्रचलित कानुन बमोजिम कारवाही गरिने यसै सूचनाद्वारा सबैमा जानकारी गराइन्छ, ’ सूचनामा भनिएको छ ।

बाराको बरियारपुरमा यहि मंसिर १ गतेदेखि एक महिनाका लागि पञ्चवर्षिय गढीमाई मेला सुरुभैसकेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन