Menu

आजको मौसम

नेपाली समाजमा काम ठूलो र सानो भन्ने धारणा हटाउनुपर्ने :मुख्यमन्त्री सिंह

Author
News Desk |
November 09, 2024
Featured

सुमन महतो/पर्सा-

मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले सबै उद्यमी सफल नहुने भए तापनि हौसला, दृढता, र आत्मविश्वासका साथ नवउद्यमशिलताको विकास गर्न युवाहरुलाई प्रोत्साहित गरे। परम्परागत शिक्षाले मात्र उद्यमशिलता नबढ्ने उल्लेख गर्दै उनले आधारभूत तहदेखि नै व्यवहारिक शिक्षा प्रणालीको आवश्यकता रहेको धारणा राखे।

मधेस सरकारको सहयोगमा नेपाल उधोग वाणिज्य महासंघ मधेस प्रदेशले वीरगन्जमा आयोजना गरेको स्टार्टअप उद्यमीहरुको सम्मेलन कार्यक्रममा सम्बोधन गर्दै यस्तो बताएका हुन ।

मुख्यमन्त्री सिंहले नेपाली समाजमा ूकाम ठूलो र सानोू भन्ने धारणा हटाउनुपर्नेमा जोड दिए। उनका अनुसार, यस्तो सोच नहटेसम्म बेरोजगारीको समस्या समाधान गर्न गाह्रो हुनेछ। धेरैजसो पुरुष वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताका कारण महिलाहरू घरमै बसेको र समय खेर गएको तर्फ ध्यानाकर्षण गर्दै महिलाको उद्यमशिलता विकासमा विशेष ध्यान दिनुपर्ने धारणा राखे।

मुख्यमन्त्री सिंहका अनुसार अबको शिक्षामा प्राविधिकि दक्षतासहितको शिक्षा नयाँ पुस्तालाई दिनुपर्छ । उनी भन्छन्, ‘बच्चाहरुलाई सानैदेखि प्राविधिक हिसाबले दक्ष बनाउनुपर्छ, यसो गरेमा उनीहरु तालिम प्राप्त हुन्छ । पछि गएर काम सिक्नु पर्दैन । विदेशतिर पनि सानैदेखि स्कुलले विद्यार्थीहरु प्राविधिक ज्ञान दिइरहेको हुन्छ । हो, अब हामीले पनि त्यो अवधारणा आफ्नो शिक्षा प्रणालीमा लागू गर्नुपर्छ ।

मधेस प्रदेश सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा उद्यमशिलता प्रशिक्षण केन्द्र स्थापना गर्न बजेट विनियोजन गरेको र वीरगन्जमा आईटी पार्क तथा माटो पार्कको लागि पनि बजेट व्यवस्था गरिएको जानकारी मुख्यमन्त्री सिंहले दिए। उनले माटो पार्कका लागि वीरगन्ज महानगरपालिकाले जग्गा उपलब्ध गराउने प्रतिबद्धता गरेको र त्यसमा प्रदेश सरकारले पनि सहयोग गर्ने बताए।

सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानीको अध्यक्षतामा मधेस प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिल अहमद, मधेस प्रदेश नीति आयोगका उपाध्यक्ष सोहन साह, वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, भारतको गुगल हेड अपूर्व चमरिया, महासंघका उपाध्यक्ष हेमराज ढकाल, नेपाल औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुप्ता, वीरगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरि गौतमलगायतले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन