Menu

आजको मौसम

रास्वपाले घोषण गर्‍यो दोस्रो चरणको आन्दोलन

Author
News Feed |
November 17, 2024
Featured

काठमाडौँ –

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यही मंसिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा रास्वपाका प्रवक्ता मनिष झाले मंसिर ८ बाट दोस्रो चरणको आन्दोलन गर्ने घोषणा गरेका हुन् ।

आफ्ना मागबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर समेत जानकारी गराउने प्रयास गरे पनि समय नदिएको नेता झाले पत्रकार सम्मेलनमा बताए । सो पार्टीका कार्यवाहक महामन्त्री झाले पत्रकार सम्मेलनमा भने, ‘प्रधानमन्त्रीले कुनै कार्यक्रममा गएर ज्ञापनपत्र बुझाउन आउँदैछन् क्यारे, तस्बिरसहित समाचार दिउँला भनेर खिसिट्युरी गर्नुभयो, तर हामीलाई पाँच मिनेट पनि समय दिनुभएन ।’

राजनीतिक प्रतिशोध बन्द गर्नुपर्ने, फौजदारी कानुन संशोधन गर्नुपर्ने, सहकारी पीडितको बचत रकम फिर्ता गर्नुपर्ने तथा स्वायत्त सहकारी प्राधिकरण बनाउनुपर्ने, भ्रष्टाचार काण्डको न्यायिक छानबिन गर्न स्वतन्त्र न्यायिक आयोग गठन गर्नुपर्ने, गतिशील अर्थतन्त्रका लागि संरचनागत आर्थिक सुधार एक दर्जन ऐनको संशोधन गर्नुपर्ने, प्रवासी र गैरआवासीय नेपालीको मताधिकार सुनिश्चित गर्नुपर्ने, संविधान परिमार्जनका लागि सर्वपक्षीय सम्मेलन आयोजना गर्नुपर्ने पनि रास्वपाको आन्दोलनको एजेन्डा रहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन