Menu

आजको मौसम

रक्षामन्त्री राईको स्पष्टिकरणः अमेरिकी सेना नेपालमा दलबलसहित आएका छैनन्

Author
News Desk |
November 11, 2024
Featured

काठमाडौ –

रक्षामन्त्री मानवीर राईले अमेरिकी सेना दलबलसहित नेपाल आएको भन्नेकुरामा सत्यता नरहेको बताउनुभएको छ ।

सोमवार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उहाँले एक जना रथी आएको तर दलबलसहित अरु अमेरिकी सेना नेपाल आएको भन्नेकुरा सत्य नभएको बताउनुभएको हो । बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) की सांसद दुर्गा राईले सो प्रश्न मन्त्री राईलाई गर्नुभएको थियो । उहाँले एक जना रथी आएपनि अरु अमेरिकी सेना नेपाल नआएको प्रष्टयाउनुभएको हो ।

त्यस अवसरमा मन्त्री राईले महाकाली करिडोर निर्माणको कामलाई नेपाली सेनाले अघि बढाउने विषयलाई आफूले प्राथमिकता दिएको पनि बताउनु भयो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन