Menu

आजको मौसम

सुदूरपश्चिम रोयल्सद्वारा ग्लोवल आईएमई बैंकसँग प्रमुख प्रायोजन सम्झौता

Author
News Feed |
November 29, 2024
Featured

काठमाडौ –

सिद्धार्थ बैक नेपाल प्रमियर लिग (एनपिएल) टिम सुदूरपश्चिम रोयल्सले ग्लोवल आईएमई बैंकसँग प्रमुख प्रायोजन सम्झौता गरेको छ ।

काठमाडौंमा शनिवार बिहान एक कार्यक्रमबीच सुदूरका टिम मालिक र ग्लोवल आईएम बैंकका नायव प्रमुख कार्यकारी आधिकृत सुमन पेखरेलले सम्झौता गर्नुभएको हो । कार्यक्रममा प्रायोजक ग्लोवल आईएमई बैंक अंकित जर्सी सार्वजनिक गरिएको छ । सम्झौतापछि डेपुटी सिइओ पोखरेलले सुदूरपश्चिमसँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गर्दै खेलकुदलाई अझ उचाईमा पु¥याउन आफ्नो दायित्व बुझेर अघि सरेको बताउनु भयो ।

सुदूरपश्चिमका मार्की तथा कप्तान दीपेन्द्र सिंह ऐरी हुन् । सुदूरपश्चिम रोयल्सले यसअघि एसपीएलाई एजुकेसन पार्टनर, ग्याजेट पार्टनरमा एक्स एज, मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल, एअरलाइन्स पार्टनरमा नेपाल एअरलाइन्स, इन्स्योरेन्स पार्टनरमा सलिको, ट्राभल पार्टनरमा राइका टुर्स एण्ड ट्रेक्स, टेलिकम पार्टनरमा नेपाल टेलिकम, स्ट्रेन्थ पार्टनरमा सूर्य प्लाई र कुमारी जबलाई करिअर पार्टनरको रुपमा भित्र्याएको थियो । एनपिएलको अवधिभर टोलीले म्यारीयट काठमाडौंमा बसोवास गर्न सहकार्य सम्झौता पनि गरिसकेको छ ।

सुदूरले मंगलवार विराटनगर किंग्ससँग खेल्दै एनपिएलको शुरूवात गर्नेछ । आजदेखि शुरू हुने एनपिएलमा कुल आठ टिमबीच प्रतिष्पर्धा हुँदैछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन