Menu

आजको मौसम

गरिब देशलाई वर्षेनी तीन सय अर्ब डलर सहयोग गर्ने सहमति:कोप–२९

Author
News Feed |
November 23, 2024
Featured

बाकु –

अजरबैजानको बाकुमा सम्पन्न भएको संयुक्त राष्ट्र सङ्घीय जलवायु सम्मेलन कोप–२९ ले विकासोन्मुख देशका लागि विकसित देशले तीन सय अर्ब अमरेकी डलर सहयोग गर्ने सहमति पारित गरेको छ।

जलवायु परिवर्तनको पक्षमा आफै काम गर्न असमर्थ रहने विकासोन्मुख र कमजोर देशको पक्षमा शनिबार साँझ यो निर्णय भएको हो।

अहिले प्रतिबद्धता जाहेर गरिएको रकम सरकारी अनुदानका साथै निजी क्षेत्र, बैङ्क र अन्य निकायबाट पनि आउन सक्ने सम्भावना प्रबल रहेको जनाइएको छ। सम्मेलनमा ११ नोभेम्बरमा सुरु भएको थियो।

यो सहमतिले जलवायु परिवर्तनका लागि संसारका सबे देश सहकार्य गर्न तयार रहेको देखिएको छ। तथापि धनी देश आफै पनि यस समस्यासँग जुधिरहेको समयमा अन्य देशलाई गर्ने सहयोगको प्रभावकारिताको बारे भने शङ्का उत्पन्न भएका छन्।

दुई साता लामो बाकु सम्मेलन बहिस्कार, विवाद र जीवाश्म इन्धनको प्रयोग र यसले ल्याएको समस्यामा केन्द्रित भएको थियो। अन्तिम समयमा पनि भएको विवादका कारण निर्धारित भन्दा ३० घण्टा ढिला सम्पन्न भएको सो सम्मेलनको अन्त्यमा करिब दुई सय देशले सहमति जुटाएका हुन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन