Menu

आजको मौसम

ट्राफिकले जबरजस्ती साँचो निकाल्ने कार्यको विरुद्ध अदालतमा मुद्दा

Author
News Desk |
November 10, 2024
Featured

अभिलाष गुप्ता /पर्सा-

“सवारीको कागजात देखाउन ढिला भयो, वा छैन कि भन्ने आशंका भएपछि ट्राफिक प्रहरीले तुरुन्तै सवारीबाट साँचो निकाल्छन् ।” यस कार्यको विरुद्ध कानुन पढ्ने विद्यार्थी विवेक चौधरीले उच्च अदालत पाटनमा मुद्दा दायर गरे । उनका अनुसार यो ट्राफिक प्रहरीको दादागिरी नै हो ।

मनमानी रूपमा सवारी चालकको साँचो ९चावी० खोस्ने कार्य गरिनु गैर कानूनी भएको भन्दै कानुन पढने विद्यार्थी चौधरीले नेपाल प्रहरी प्रधान कार्यालय समेतलाई विपक्षी बनाई उच्च अदालत पाटनमा रिट दायर गरेका छन् ।

उक्त मुद्दामा आईतबार महान्यायधिवक्ता (न्यायधीश) टंक प्रसाद गुरुङ्गको एकल इजलासले सुनुवाई गरेको छ ।

प्रहरीले सवारी चालकको गाडीको साँचो खोस्न वा जबरजस्ती रुपमा निकाल्ने जस्तो कार्य गर्न मिल्छ भनेर कानुनमा उल्लेख छैन । तर प्रहरीले प्राप्त गरेको कानून बमोजिमको अधिकार भन्दा बढी अधिकार प्रयोग गरी आफ्नो अधिकार क्षेत्र नाघी हुदै नभएको अधिकार प्रयोग गर्ने गरेको कार्य गैर कानूनी रहेको भन्दै अधिवक्ता रामप्रवेश यादवले निवेदकको तर्फबाट बहस थालेका थिए ।

न्यायधीश गुरुङ्गको इजलासले विपक्षीहरु नेपाल प्रहरी प्रधान कार्यालय र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयसँग यस विषयमा लिखित जवाफ माग गरेको छ ।

सोही निवेदनमा निवेदकले माग गरेको अन्तरिम आदेशको सम्बन्धमा भने मंसिर ३ गतेको लागी छलफल मिति तोक्न आदेश दिएको अधिवक्ता रामप्रवेश यादवले जानकारी दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन