Menu

आजको मौसम

प्रतिबन्धित गाँजासहित बाराबाट दुई जना पक्राउ

Author
News Feed |
November 27, 2024
Featured

बारा-

प्रतिबन्धित गाँजासहित बाराबाट दुई जना पक्राउ परेका छन ।

गाँजासहित पक्राउ पर्नेमा बाराको कोल्हवी नगरपालिका–५ सोनाभार टोल बस्ने ५० बर्षिय रमोद चौधरी रदिनदयाल चौधरीकी श्रीमती ५२ बर्षिय मनमती देवी चौधरी रहेकी छन । कोल्हबी नगरपालिका–५ सोनाभार स्थित दिनदयालको घरमा गाँजा लकाई राखेको सुचनाको आधारमा प्रहरीले खानतलाशी गरेको थियो ।

सो क्रममा प्रहरीले २१ पोकाबाट एक सय ७० किलोग्राम लागु औषध गाँजा बरामद गरेको बाराका प्रहरी प्रबक्ता एवम् डिएसपी प्रकाश सापकोटाले बताए ।

गाँजासहित पक्राउ परेका दुबैजनालाई प्रहरी नियन्त्रणमा राखी थप अनुसन्धान भईरहेको उनले बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन