Menu

आजको मौसम

आज एमालेको जागरण सभा

Author
News Feed |
November 21, 2024
Featured

काठमाडौँ –

सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले शुक्रबार काठमाडौंमा जागरण सभाको आयोजना गर्दैछ ।

एमाले काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला कमिटीको आयोजनामा काठमाडौँको दरबारमार्गमा जागरण सभा आयोजना गर्न लागिएको हो ।

एमालेका नेताहरुले विधिको शासनमा र कानुनी राज्यको मान्यतामा विश्वास गर्छ भन्ने सन्देश दिन जागरण सभा गर्न लागेको एमालेका नेताहरूले दाबी गरेका छन्।

जनप्रदर्शनमा एमालेका जनवर्गीय सङ्गठनहरू युवा सङ्घ नेपाल, जिफन्ट, अनेरास्ववियु, सम्पर्क मञ्चलगाय सबैजसो जनसङ्गठनलाई प्रदर्शनमा अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ।

सभालाई प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने तयारी छ । जागरण सभालाई भव्य र व्यवस्थित बनाउन जनसङ्गठन र सम्पर्क मञ्च परिचालन गरेको छ ।

प्रमुख प्रतिपक्ष लगायत विपक्षी दलहरूले सरकारको काम कारबाही र कार्यशैलीको आलोचना गर्दै सङ्घर्षका कार्यक्रम चलाइरहेका बेला सत्तारूढ दलमात्रै नभएर सरकारको नेतृत्वकर्ता दल एमाले नै सडकमा शक्ति प्रदर्शनमा उत्रन लागेको हो ।

जागरण सभा संयोजन समितिका सहसंयोजक एवं नेकपा एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुङ्गेलले जागरण सभा उपत्यकाका तीन जिल्लाको एमाले तागत देखिने बताए ।

एमालेका अनुसार साढे ११ बजे भद्रकालीमामा जम्मा भइ शहिदगेट हुँदै दरबारमार्गमा साढे १२ बजे सभा हुनेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन