Menu

आजको मौसम

इण्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी १० जनाको मृत्यु

Author
News Desk |
November 04, 2024
Featured

काठमाडौँ- 
इण्डोनेसियाको पूर्वी नुसा टेङ्गारा प्रान्तमा माउण्ट लेवोतोबी विस्फोट हुँदा १० जनाको मृत्यु भएको राष्ट्रिय विपद् व्यवस्थापन निकाय बीएनपीबीका प्रवक्ता अब्दुल मुहारीले जानकारी दिनुभएको छ ।

दश जनाको मृत्यु भएको पुष्टि भएको र नौ जनाको शव निकालिएको बताउनु भयो । एक जना भग्नावशेषमा फसेके मुहारीले बताउनु भयो । ज्वालामुखी विष्फोटले ठूलो संख्यामा विस्थापन गरेको छ ।

जसमा सातवटा गाउँका १० हजार भन्दा बढी प्रभावित बासिन्दाहरू निकासी केन्द्रहरूमा पुगेका छन् । मुहारीले बासिन्दाहरूलाई क्रेटर वरपरको ७ किलोमिटरको खतरा क्षेत्रमा प्रवेश गर्न निषेध गरिएको उल्लेख गर्नुभयो ।

आपतकालीन राहत प्रयासलाई सहज बनाउन स्थानीय सरकारले नोभेम्बर ४ देखि डिसेम्बर ३१ सम्म आपतकालीन स्थिति घोषणा गरेको मुहारीले बताउनु भयो । माउण्ट लेवोटोबी इण्डोनेसियाको १२७ सक्रिय ज्वालामुखी मध्ये एक हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन