Menu

आजको मौसम

पर्साको छगछियामा टिपरको ठक्करबाट एक जनाको मृत्यु

Author
News Feed |
November 30, 2024
Featured

पर्साको वीरगन्ज पोखरिया सडकखण्डमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

वीरगन्ज महानगरपालिको वडा नम्बर–१७ अलौंस्थित छगछिया भन्ने ठाउँमा शनिवार भएको सवारी दुर्घटनामा एकजनाको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा परी थप एक जना समान्य घाइते भएको पर्सा प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, ठक्कर दिने टिपर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

ना ८ ख २६११ नम्बरका टिपरको ठक्करबाट बिआर २२ बी.जी.१४५२ नम्बरको मोटरसाइकल ठक्कर दिदा मोटरसाइकलमा सवार पर्साको जिराभवानी गाउपालिका वडा नम्बर–५ सखुवनीया निवासी २५ वर्षिय प्रभु राउत थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी एवम् डिएसपी किशोर लम्सालले जानकारी दिए।

दुर्घटनामा परी जिराभवानी गाउपालिकाकै वडा नम्बर २ निवासी २० वर्षीय राकेश महतो समान्य घाइते भएका छन् । मृतक थारुको शव पेष्टमाटमको लागि वीरगञ्जको नारायणी अस्पतालमा पठाएको पर्सा प्रहरीले बताएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन