Menu

आजको मौसम

पर्सा प्रहरी द्वारा १८ जना बिचौलिया पक्राउ

Author
News Feed |
November 28, 2024
Featured

वीरगन्ज- 

पर्सा प्रहरीले यातायात कार्यालय र बसपार्कबाट सेवाग्राहीलाई वार्गेनिङ्ग गर्ने बिचौलियाहरुलाई पक्राउ गरेको छ ।

वीरगन्जको बसपार्कको एरियामा सोवाग्राही लाई दुख हैरानी दिने तथा यातायात कार्यालयमा सेवाग्राहीलाई छिटो छरितो काम  गरिदिन्छु भन्ने वार्गेनिङ गर्ने १८ जना बिचौलियाहरुलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय पर्सामा अनाधिकृत रुपमा प्रबेश गरि काम मिलाई दिन्छु भने जनगुनासो आएपछि प्रहरी टोलीले वीरगन्जको बसपार्क एरिया र यातायात कार्यालय पर्सामा खटि बिचौलियाहरु लाई आफ्नो नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा बिन्दवासिनी ग.पा.१ को संजिव गुप्ता,वीरगन्ज वडा ८ को बिजय साह, वडा १० को बंजरगी महतो, राहुल महतो, बिजय साह , फिरोज खान,वडा १० को प्रभु पटेल,वडा १५ सन्देश सिंह,वडा १६ बिकास पटेल,वडा११ जयपुजन ठाकुर,मनिस महतो, चन्दन कुमार चौरसिया,संतोष महतो, सुरज भगत माली,वडा १४ ईद मियाँ धोबी,रौतहटका नरेश साह सोनार र जिल्ला गोरखा बस्ने सुशान्त कुवेरलाई नियन्त्रणमा लिएको हो। बिज्ञपतिमा जनाएको छ ।

पक्राउ परेका बिचौलियाहरुलाई सार्वजनिक शान्ति सुरक्षा विरुद्धको कसूरमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन