Menu

आजको मौसम

काठमाडौँमा एकै परिवारका ३ जना मृत फेला,शव २ साता पुरानो हुनसक्ने

Author
News Feed |
November 14, 2024
Featured

काठमाडौँ –

काठमाडौँको गोकर्णेश्वर नगरपालिका–३ स्थित गाम्चामा एकै परिवारका ३ जना मृत अवस्थामा भेटिएका छन् ।

मृत फेला पर्नेमा ३३ वर्षीया सीता मोक्तान, उनकी छोरी अंशु मोक्तान र दुई वर्षीय छोरा छन् । प्रहरीका अनुसार, घरमा बाहिरबाट ताला लगाएकाले श्रीमती कतै गएको हुनसक्ने अनुमान गरेको श्रीमान् कान्छा नगरकोटीले बयान दिएका छन् । ‘उहाँहरुबीच पटकपटक घरमा झगडा पनि हुने गरेको रहेछ, त्यस्तोमा कहिले श्रीमान् घर छाडेर हिँड्ने कहिले श्रीमती हिँड्ने हुने गरेको रहेछ’, अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘पछिल्लो समय १६ कात्तिकदेखि श्रीमान् घरबाट बाहिरै रहेछन् ।’

फर्किएर आउँदा घरको बाहिरपट्टी नै ताला लागेको देखेपछि आफू बाहिरै बसेको उनले बयान दिएका छन् । प्रहरीका अनुसार, तालाभित्र र बाहिर दुवैतिरबाट लगाउन मिल्ने किमिसको छ ।

घटनास्थलमा पुगेका काठमाडौं प्रहरीका एक अधिकृतका अनुसार, कोठामा बीच भागतिर माकल बालेर आगो तापेको देखिएको छ । ‘त्यहाँ तेल पनि भेटिएको छ, दुई महिनाको बच्चालाई लगाइदिन राखेको जस्तो देखिन्छ’, प्रहरी स्रोतले भन्यो, ‘यद्यपि, थप विषयहरुको जाँच भइरहेको छ ।’

मृतक सीताका श्रीमान् कान्छा नगरकोटीलाई प्रहरीले सोधपुछ गरिरहेको छ । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन