Menu

आजको मौसम

पार्टीद्वारा घोषित दोस्रो चरणको आन्दोलनमा साथ दिन आम जनतालाई रास्वपाको आह्वान

Author
News Desk |
November 09, 2024
Featured

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको दोस्रो चरणको आन्दोलनमा साथ दिन आम जनतालाई आह्वान गरेको छ ।

शनिवार बसेको पार्टीको केन्द्रिय समिति बैठकले सरकारविरुद्ध घोषित दोस्रो चरणको आन्दोलनलाई सशक्त बनाउनका लागि साथ दिन नेपाली जनतालाई आह्वान गरेको हो ।

राज्य सत्ताको स्वेच्छाचारी, अधिनायकवादी प्रवृत्तिविरुद्ध साथै साझा राष्ट्रिय मुद्दाको हरुमा केन्द्रित रही सञ्चालन गर्न गईरहेको दोस्रो चरणको सशक्त आन्दोलनमा साथ दिन सम्पूर्ण न्यायप्रेमी आम नेपाली जनतामा हार्दिक आह्वान समेत बैठकले गरेको पार्टीका केन्द्रिय सदस्य एवं प्रतिनिधिसभाकी सांसद सोविता गौतमले जानकारी दिनुभयो ।

रास्वपाले सहकारी गठी, संगठित अपराध र सम्पती शुद्धिकरणको मुद्दामा छानविनका लागि हिरासतमा रहेका पार्टीका सभापति रवि लामिछानेलाई सरकारले राजनीतिक प्रतिशोधको आधारमा थुनामा राखेको भन्दै दोस्रो चरणको सडक आन्दोलन पनि घोषणा गरेको छ । सोही आन्दोलनलाई सशक्त बनाउनका लागि बैठकले आम जनतालाई आह्वान गर्ने निर्णय गरेको सांसद गौतमले बताउनु भयो ।

त्यसैगरी बैठकले आसन्न स्थानीय तहको उपनिर्वाचनमा पनि मुलुकमा विद्यमान राजनीतिक प्रतिशोध, सर्वत्र व्याप्त बेथिति र भ्रष्टाचारविरुद्ध आम जनतालाई जागृत बनाउने गरी अभियान संचालन गर्ने निर्णय पनि गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन