Menu

आजको मौसम

नेशनल मेडिकल कलेजका अध्यक्ष डा. अंसारी प्रधानमन्त्री ओलीबाट सम्मानित

Author
News Feed |
November 26, 2024
Featured

वीरगन्ज-

मधेस प्रदेशमै उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरे बापत वीरगन्जमा रहेको नेशनल मेडिकल कलेजलाई सम्मानपत्र प्रदान गरिएको छ ।

मंगलबार काठमाडौंको प्रज्ञा भवन कमलादीमा भएको ७ औँ सामाजिक सुरक्षा दिवस कार्यक्रमको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीबाट नेशनल मेडिकल कलेज शिक्षण अस्पतालका अध्यक्ष प्र।डा। जैनुदिन अन्सारीलाई सम्मानपत्र प्रदान गरिएको हो ।

आठ जिल्ला रहेकोे मधेश प्रदेशमा ठूलो संख्यामा स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य सेवामा उत्कृष्ट अस्पताल नेशनल मेडिकल कलेज वीरगन्ज भएकोले सम्मानपत्र प्रदान गरिएको नेशनल मेडिकल कलेज वीरगन्जका प्रबन्ध निर्देशक शाहनावाज अन्सारीले जानकारी दिए ।

उनका अनुसार सामाजिक सुरक्षा कोषले नेशनल मेडिकल कलेजलाई आर्थिक वर्ष २०८०र८१ मा उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरेको घोषणा गरेको थियो । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेल ,श्रम तथा रोजगार मन्त्री शरद सिंह भण्डारी सहितका अतिथिहरुको सहभागीता रहेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन