Menu

आजको मौसम

वीरगंजमा पनि मनाइयो दशौं उद्योग दिवस

Author
News Feed |
November 24, 2024
Featured

वीरगंज-

दशौं उद्योग दिवस आज वीरगंजमा पनि मनाइएको छ । उद्यमशिल संस्कृति, राष्ट्रिय समृद्धि भन्ने मुल नाराका साथ दिवस मनाइएको हो । उद्योग बिभाग पर्सा र घरेलु तथा साना उद्योग कार्यालय पर्साको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो ।

घरेलु तथा साना उद्योग कार्यालय पर्साका बरिष्ठ लेखा अधिकृत प्रदुमन प्रसाद अध्यक्षता एवं पर्साका सहायक प्रमुख जिल्ला अधिकारी समुन कुमार कार्कीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यालयको प्रागंनमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जारा, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल,खाद्य प्रबिधि तथा गुणस्तर नियन्त्रणका श्रवण प्रसाद साह,नेपाल घरेलु तथा साना उद्योग महासंघका हिरालाल साह कानु लगायतकाले धारणा राखेका थिए ।

कार्यक्रममा पर्यटन बिकास पर्साका बबिता जयसवाल,अतिथीहरु यशोदा गजुरेल,आमेकुमारी शर्मा, पिंकी गुप्ता, उर्मिला थापा,भगवती अधिकारी लगायतको उपस्थिती थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन