Menu

आजको मौसम

छ्ठपुजाको उपलक्ष्यमा धार्मिक लाइभ कन्सर्ट हुने

Author
News Desk |
November 04, 2024
Featured

बीरगन्ज-

रानीघाट छठ पुजा सेवासमिति द्वार यश वर्ष लाइभ कन्सर्टको आयोजना गरिएको छ ।

भारतका चर्चित कलाकार अनिकेत कुमारको टिम द्वारा धार्मिक लाइभ कन्सर्ट हुने जनाइएको छ ।

रानीघाट छ्ठपुजा सेवा समितीले यश वर्ष छठ पुजा लाई विशेष बनाउन साथै रात भरी श्रद्धालुहरुको जागरण लाई भक्तिमय बनाउन यो कार्यक्रमको आयोजना गरिएको जनाएको छ।

छठ पुजा ब्यवस्थापन तथा सौन्दर्यीकरणमा यश वर्ष करिब १२ लाखको बजेट बनाइएको समितिले जनाएको छ । अन्य वर्षको तुलनामा यस पालीको बजेट २ गुनाले बडेको छ । जसले गर्दा रानीघाटको छठ घाट लाई सजाउन कुनै कसर बाकी न राख्ने बताइएको छ ।

जसमा आधुनिक तथा पारम्परिक तरिकाले पण्डाल सजावट , फरक किसिमको प्रवेश द्वार , नदि तथा सडकमा झिलिमिली बति , नदि भित्र छठी माताको मुर्ति र धार्मिक लाइभ कन्सर्ट समावेस गरिएको छ ।

कार्तिक २२ गते अथात सझिया घाटको दिन हुने धार्मिक लाइभ कन्सर्टमा हजारौको सख्यामा आउने भक्तहरूको ब्यवस्थापनको लागि बिभिन्न युवा स्वयमसेवक समिति बनाइएको छ ।

रानीघाट छ्ठपुजाको ईतिहास छठ घाटलाई सजिसजाउ गरी पर्व मनाइने देशमै पुरानो ईतिहास बोकेको छ्ठघाटको रुमा लिइछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन