Menu

आजको मौसम

जानकी मन्दिरमा विवाहपञ्चमीको तयारी अन्तिम चरणमा

Author
News Feed |
November 28, 2024
Featured

जनकपुर-

जनकपुरधाममा प्रत्येक वर्ष मनाइने सीताराम विवाहपञ्चमीको अन्तिम तयारी चलिरहेको छ । प्रत्येक वर्ष एक हप्तासम्म मनाइने साताव्यापी कार्यक्रम सीताराम विवाहपञ्चमीको तयारीमा अहिले जानकी मन्दिरको सरसजावटदेखि विभिन्न कार्यक्रमहरुको लागि आकर्षक किसिमको पण्डालहरु बनाइने काम भइरहेको जानकी मन्दिरको उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताउनु भयो । प्रत्येक पाँच वर्षमा भारतको अयोध्याबाट जन्ती आउने गरेकाले यस वर्षको विवाहपञ्चमी महोत्सव विशेष रहेको उहाँले बताउनु भयो । मंसिर १६ गतेदेखि शुरु हुने विवाहपञ्चमी महोत्सव एक सातासम्म चल्ने भएकाले यसको तयारीको लागि विभिन्न समिति उपसमितिहरु गठन गरी सबै समिति उपसमितिहरुलाई विभिन्न कामको जिम्मा दिइएको छ ।

एक सातासम्म मनाइने सीताराम विवाहपञ्चमी मंसिर १६ गते नगर दर्शनबाट शुरु हुनेछ । दोस्रो दिन फूलवारी लिला, तेस्रो दिन धनुषा यज्ञ, चौँथो दिन तीलकोत्सव, पाँचौ दिन मटकोर, छैठौ दिन स्वयंवर तथा शुभ विवाह र सातौँ दिन राम कलेवा हुनेछ । रामकलेवाको भोलीपल्ट आयोध्याबाट आएका जन्तीलाई विदाई गर्ने कार्यक्रम राखिएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ दासले बताउनु भयो । यता विवाहपञ्चमी महोत्सवलाई मध्येनजर गर्दै मधेस सरकारले मधेस भवनको पुरानो पर्खाललाई मिथिला पेन्टिङले सिंगार्न शुरु गरेको छ । पेन्टिङमा मिथिलाको संस्कृति, रहनसहन, खानपान, र विविधता झल्किनेछ । ५० जना स्थानीय कलाकार खटिएका छन्, र २० लाख रुपैयाँ बजेटमा यो परियोजना सञ्चालन गरिएको छ । मिथिला पेन्टि गरिरहेकी पुनम झाले पर्खालमा सीताजीसँग सम्बन्धित चित्रहरु कोरिरहेको जानकारी दिनुभयो

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन