Menu

आजको मौसम

बिश्रामपुरमा खुल्ला रक्तदान सम्पन्न , ५७ जनाले गरे रगतदान

Author
News Desk |
November 09, 2024
Featured

बारा- 

बाराको बिश्रामपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको वडा नम्बर ४ बलिरामपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

सामाजिक बिकास समिति तथा श्री बलिरामपुर युवा क्लवले छठ पूजाको अवसरमा कार्यक्रम आयोजना गरेको जनाइएको छ । सो अवसरमा ५ महिलासहित ५७ जनाले रगतदान गरेका रक्तसञ्चार केन्द्र रेशमकोठीका युवा संयोजक अभिलाष गुप्ताले बताए ।

रक्तदान गर्नेहरुमा प्रेमचन्द्र प्रसाद साह, बिक्रम राम, मन्टु प्रसाद गुप्ता, रोहित महतो, बिपिन गुप्ता, निप्पु प्रसाद गुप्ता, सन्तोष कुमार महतो, सुरज कुमार कलवार, श्याम नारायण साह, देव कुमार महरा, सत्रुधन प्रसाद कलवार, तिर्थराज कुमार राम लगायतका छन् ।

सामाजिक बिकास सेवा समितिका अध्यक्ष प्रदीप कुमार गुप्ताको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको थियो ।

रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगन्जका जितेन्द्र कुशवाहा, नमित चौरसिया, श्रीराम ठाकुर, धर्मेन्द्र पाल, मन्दीप साह तथा सामाजिक अभियान्ता राजेन्द्र भट्टराईले प्राविधिक सहयोग उपलब्ध गराएका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन