Menu

आजको मौसम

ट्रमपले गरे आफ्नो जितको घोषणा

Author
News Desk |
November 06, 2024
Featured

फ्लोरिडा –

रिपब्लिकन पार्टीका राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्प फ्लोरिडामा आफ्ना समर्थकहरूलाई सम्बोधन गरेका छन्। उनी श्रीमती मेलानिया ट्रम्प र चुनावी अभियानका कर्मचारीसँग स्टेजमा पुगेका थिए ।

ट्रम्पले भने, ‘हामी हाम्रो देशलाई पुनः प्राप्ति गर्न मद्दत गर्नेछौँ। यो अमेरिकाको लागि “स्वर्ण युग” हुनेछ।’

उनले थपे, ‘यो अमेरिकी जनताका लागि ठुलो जीत हो। जसले हामीलाई अमेरिकालाई फेरि महान् बनाउन सक्षम बनाउँछ।’

ट्रम्पले आफ्नो जितको पनि घोषणा गरेका छन् । यद्यपि यसको औपचारिक घोषणा भने भइसकेको छैन । ट्रम्पले भने, ‘अमेरिकाले हामीलाई अभूतपूर्व र शक्तिशाली बहुमत दिएकोछ।’

ट्रम्पले फ्लोरिडामा रहेको चुनावी मुख्यालयमा आफ्ना समर्थकहरूलाई सम्बोधन गरेका हुन्। उनको कुरा सुन्न यहाँ ठुलो सङ्ख्यामा मानिसहरू आएका छन् ।

उनको जितको भने अधिकारिक घोषणा भएको छैन ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन