Menu

आजको मौसम

महोत्तरीको गौशाला जाँदै गरेको कार पोखरीमा डुब्यो , कारबाट दुई जनाको शव निकालियो

Author
News Desk |
November 04, 2024
Featured

सर्लाही-

सर्लाहीमा गुड्दागुड्दै पोखरीमा खसेर कार डुबेको छ । डुबेको कारबाट दुई जनाको शव निकालिएको छ ।

आज बिहान बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च ६७५८ नम्बरको कार सर्लाहीकै ईश्वरपुर नगरपालिका-२ मियाँखोरस्थित पोखरीमा डुबेको थियो ।

सशस्त्र प्रहरीको उद्धार टोलीले साढे ८ बजे गौशाला नगरपालिका(१० का सुरेश महतो ९चालक० र सोनमा गाउँपालिका-८ का रामाकान्त ठाकुरको शव पोखरीबाट निकालेको हो ।

गोताखोर टोलीले पोखरीमा डुबेको कार पनि भेटाएको छ । कार पोखरीमै छ । कार पनि निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार कारमा सवार गौशाला-२ का अन्दाजी ३१ वर्षीय जनक यादव भने पौडिएर बाहिर निस्किएका थिए ।

कार अनियन्त्रित भएर सडक छेउमा रहेको सरस्वती उच्च माध्यामिक विद्यालयको पोखरीमा गएर डुबेको थियो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन